पूर्व फीफा रेफ्रि खत्रीको निधन

पूर्व फिफा रेफ्रि लव खत्रीको निधन भएको छ । ५० वर्षीय खत्री रेफ्रि एसोसिएसनका महासचिव हुन् । आफ्नै घरको बाथरुममा लडेका उनी मेडसिटी अस्पताल पुगे पछि मृत घोषित भएका हुन् । २०१८ मा रेफ्रिबाट रिटायर्ड उनी प्रशिक्षण कार्यमा संलग्न थिए ।
२०५४ को लिग विजेता थ्री स्टार क्लबको टोलीमा रहेका खत्री पिनाकल एकेडेमीमा फुटबल प्रशिक्षकको रूपमा कार्यरत थिए । साथै फुटबलमा सक्रिय विभिन्न सङ्घ संस्थामा रहेर काम गरेका थिए । दिवङ्गत खत्रीका श्रीमती र एक छोरा छन् ।
Comment