नेपाली खेलाडीलाई चार स्वर्ण पदक

चेमनित्ज ओपन कराँते प्रतियोगितामा नेपाली खेलाडीले ४ स्वर्ण पदक तथा २ कांस्य पदक जितेका छन् । प्रतियोगिताको  सिनियर एकल काता तर्फ र  ३० वर्ष माथिको एकल काता उमेर समूहमा साग स्वर्ण पदकधारी मन्डेकाजी श्रेष्ठले स्वर्ण पदक जिते । यसै गरी,  ७५ किलो तौल समूहमा कांस्य पदक जितेका मुकुन्द्र महर्जनले ३० वर्ष उमेर समूह माथि स्वर्ण पदक जिते ।
सिनियर एकल कातामा कांस्य पदक जितेका सुमन तिमिल्सिनाले आफ्नो उमेर समूहमा स्वर्ण पदक ल्याएको मन्डेकाजी श्रेष्ठले जानकारी दिए । नेपाली टोलीका अफिसियल स्वच्छम गुरुङ रहेका थिए । प्रतियोगितामा जर्मन, पोल्यान्ड , अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड ,स्पेन र  बेल्जियम लगायतका देशका खेलाडी सहभागी थिए ।
Comment