शक्ति भन्दा सत्य रोज्ने सञ्जीव अस्ट्रेलियामा सम्मानित

ब्याडमिन्टन खेलाडी सञ्जीव खड्काले अस्ट्रेलिया एनआरएनएको राष्ट्रिय सम्मेलन, वार्षिक साधारण सभा तथा अवार्ड कार्यक्रममा  एनआरएन स्पोर्ट्स पर्सन एयर अफ  द एयर अवार्ड पाएका छन् ।
सो समारोहमा स्टुडेन्ट अफ द एयर (हाई एयर सेकेन्डरी तह ), स्टुडेन्ट अफ द एयर( विश्वविद्यालय तह), स्पोट्स परसर्न अफ द एयर ( १८ वर्ष भन्दा माथि), १८ वर्ष भन्दा मुनी ),एनआरएनए यूथ पर्सन अफ द एयर, एनआरएनए उमन अफ द एयर, एनआरएनए अस्ट्रेलिया अफ द इयर, फ्रेन्ड्स अफ द नेपाल अफ द इयर र बीजीनेस पर्सन अफ द इयर अवार्ड प्रदान गरिएको हो । यसै गरी, कम्युनिटी सर्भिस पर्सन अफ द इयर, अर्गनाइजेसन अफ द इयर, मिडिया पर्सन अफ द इयर , स्पोर्टस पर्सन अफ द इयर (तीन जनालाई) , अस्ट्रेलिया प्रेसिडेन्ट अवार्ड (१० जना) प्रदान गरिएको छ ।
नेपालमा रहँदा प्रतिभाशाली खेलाडी सञ्जीवले नेपालमा रहँदा पनि महत्त्वपूर्ण सफलता पाएका थिए । अस्ट्रेलियामा पुगे पछि उनले २०१८ मा भएको आन्ध्र एसोस एसोसिएसनको प्रतियोगितामा पुरुष एकल स्पर्धामा पहिलो स्थान पाएका थिए । यसै गरी, सिड्नीमा भएको नेप्लीज स्पोर्ट्स मिटको पुरुष एकल र पुरुष युगलमा पहिलो स्थान पाए । सोही वर्ष उनले वार्षिक स्म्यासर्स ओपन ब्याडमिन्टनमा पुरुष युगलमा पहिलो स्थान पाएका थिए ।
सोही वर्ष भएको एल्टोना ओपनमा उनी क्वार्टर फाइनल प्रवेश गरेका थिए । २०१८ मै भिक्टोरियन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा उनले पुरुष एकल र पुरुष युगलमा स्वर्ण पदक जितेका थिए ।
यसै वर्ष भएको एसटीबीए आमन्त्रण ब्याडमिन्टन च्याम्पियनसिपमा उनी उप विजयी भएका थिए । उनले अन्तर्राष्ट्रिय ब्याडमिन्टन ब्रान्ड फेलेटसंग एक वर्षको प्रायोजन सम्झौता गरेका छन् ।
उनी २०१८ देखि ब्याडमिन्टन प्रशिक्षक पनि रहेका छन् ।
नेपालमा रहँदा सधैँ शक्तिको भन्दा बढी सत्यको पक्षमा रहने गरेका सञ्जीव आम खेलाडीका प्रिय भए पनि शक्तिमा आसीन कतिपयका लागि प्रिय थिएनन् । उनी विदेश भए पनि उनले खेलाडी हक हितका लागि उठाउने गरेको आवाज अहिले नेपाली ब्याडमिन्टनमा चर्चाको विषय बनेको छ ।
Comment