गण्डकी प्रदेशको विजयी सुरुवात

नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौँ वाई वाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा दुई जित हात पार्दै अङ्क तालिकाको अग्रता कायम राखेका छन् ।
पुलिसले दोस्रो दिन मणि मुकुन्द भलिबल क्लबलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दवाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बि मा ६ अङ्कका साथ पहिलो स्थानमा रहेको हो ।
समुहएमा गलकोटले पनि आफ्नो खातामा ६ अङ्क नै जोडेको छ । समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेश माथि जित हात पारेको थियो भने दोस्रो दिन प्रदेश नं. २ माथि जित हात पारेको हो । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको थियो ।
सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेश माथि २५–१६, २५–१३ र २५–१२ को जित हात पारेको छ । समूह एमा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतीय खेलाडीहरूलाई प्राथमिकतामा राखेको छ । यस्तै जित हात पार्ने क्रममा भारतीय खेलाडीहरू सम्मिलित गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३ – १ को जित निकाल्यो । दावाँली क्लबले प्रस्तुत गरेको निकै नै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित निकालेको हो ।
Comment