सँगिना ओलम्पियन एसोसिएसनको उपाध्यक्षमा निर्विरोध

तेक्वान्दो खेलाडी सँगिना वैद्य नेपाल ओलम्पिक कमिटीमा आबद्ध ओलम्पीयन एसोसिएसनको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छिन् । प्रावधान अनुसार एसोसिएसनमा दुई उपाध्यक्ष मध्य एक महिला अनिवार्य रहेको छ । उपाध्यक्षमा एक मात्र महिला सँगिनाको उम्मेदवारी परेका कारण उनी निर्विरोध भएकी हुन् ।
अध्यक्ष पदमा रवि राज थापा र दीपक विष्ट उम्मेदवार छन् । अर्को एक उपाध्यक्ष पदका लागि प्रवीण तुलाधर र रघु राज वन्त उम्मेदवार छन् । महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा तथा कोशाध्यक्षमा स्नेहा राणा निर्विरोध निर्वाचित भए ।
नौ सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको छ । सदस्य पदमा राजकुमारी पाण्डे, विमला राना मगर,कान्छीमाया कोजु, प्रमीला रिजाल,मुकुन्द हरि श्रेष्ठ, विष्णु बहादुर सिंह, टिकाराम श्रेष्ठ, कमल बहादुर अधिकारी,सफल राम श्रेष्ठ र  रञ्जन श्रेष्ठ उम्मेदवार छन् ।
१३ असोजमा हुने निर्वाचनमा ५९ जना मतदाता छन् ।
Comment