काठमाडौँको विजयी सुरुवात

एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को पहिलो खेलमा शनिवार काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसमाथि शानदार जित हात पारेको छ । त्रिवि अन्तर्राष्ट्रिय मैदानमा  जारी संस्करणको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको ललितपुरले ८ विकेट गुमाए १५७ रन बनाएको थियो । जवाफमा काठमाडौँले ३ विकेट गुमाएर १४ ओभर २ बलमा लक्ष्य भेट्टायो । काठमाडौँको जितमा  रेन ब्रुलले ३४ बलमा ७३ रनको विस्फोटक ब्याटिङ गरे । यस्तै  राजु रिजालले नट आउट १९ रनको योगदान दिए भने रमल्लाह गुरबाजले ३६ बलमा ५९ रनको योगदान दिए ।
काठमाडौँका ओपनर  सुवास खकुरेल शून्यमा आउट भएका थिए । यस्तै अमित श्रेष्ठले मात्र ४ रन बनाए ।
ललितपुरका लागि पवन सर्राफले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले खराब सुरुआत गरेको थियो । कुशल भुर्तेल शून्यमा आउट भए भने सनदुन वीराक्कोडीमात्र २ रनमा आउट भए । यसपछि ओसिन्डा फर्नान्डो ४ र शङ्कर राना १४ रनमा आउट भए । ललितपुरका पवन सर्राफले ६१ रन बनाए ।
Comment