अशोक लेलैण्ड दसैँ तिहारको बहार

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले नेपालीहरूको महान् चाड दसैँ तिहारलाई लक्षित गरी “दसैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ । यस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।
चाडपर्वमा ग्राहकहरूले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै योजनालाई बजारमा ल्याएको आइएमइ मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानेर लान सक्ने छन् ।
अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थपक्यास डिस्काउन्ट अथवा स्मार्ट टिभी साथै क्यास डिस्काउन्ट पाउन सक्ने छन् ।  आइसिभी हाउलेज, एमसिटी टिपर वा बस खरिदमा ३० ग्राम सुन अथवा आई फोन १२ प्रोम्याक्स तथा स्कुटर पाउन सक्ने छन् । उल्लेखित गाडीहरू मध्ये एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एपल म्याक बुक प्रो साथै आई फोन १२ प्रो म्याक्स तथा रोयल एनफील्डको बाइक पाउन सक्ने छन् ।
कुनै पनि एचसिटी साथै आइसीभी टिप्परको एउटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आई फोन १२ प्रो म्याक्स अथवा स्कुटर  पाउन सक्ने जनाइएको छ । यस्तै गरी दुई वटा एचसिभी र आइसिभी टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एपल म्याक बुक प्रो र आई फोन १२ प्रो म्याक्स या रोल एनफील्ड ३५० सिसीको बुलेट  बाइक मध्य कुने छान्न सकिने जनाइएको छ ।
यो योजना अन्तर्गत बम्परमा तीन जना भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्व लक्षित यो योजना मङ्सिर ३० गते सम्म मात्र लागु हुने जनाइएको छ ।
Comment