पार्कि र सन्तोषलाई एथलेटिक्स परिवारको बिदाइ

मित्रराष्ट्र जर्मनीमा यही अ२६ सेप्टेम्बरमा  आयोजना हुने बिएमडब्लु बर्लीन म्याराथनमा  सहभागी हुने नेपाली धावक गोपी चन्द्र पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई एथलेटिक्स परिवार,नेपालले बिदाइ गरेको छ ।
१३ औ सागका स्वर्ण पदकधारी धावक पार्कीलाई एथलेटिक्स सङ्घका पूर्व अध्यक्ष रघुराज वन्त, एथलेटिक्स परिवार,नेपालका सल्लाहकार ऋषि भण्डारी, अध्यक्ष राजन खत्री लगायतका पदाधिकारीहरुले खेल पोसाक र सामग्री प्रदान गरी बिदाइ गरे ।
सल्लाहकार सुनिल राजवंशी र नेपाल एथलेटिक्स सङ्घका पूर्व अध्यक्ष रघुराज वन्त ले धावक पार्की र प्रशिक्षक श्रेष्ठलाई  ५०,००० (नेपालबाट सहभागी हुन जाने खेल टोलीलाई तिन दिनको बसोबास , खाना खर्च आयोजक बाट बेहोर्ने र बाँकी ३ दिनको सम्पूर्ण खर्च सल्लाहकार ऋषि भण्डारीले सहयोग स्वरूप उपलब्ध गराउने छन् ।
धावक गोपी चन्द्र पार्कीलाई आगामी ३ वर्षको लागी पूर्व एथलेटिक्स खेलाडी एवं सल्लाहकार मोहन नेपाल, सुनिल राजवंशी सहित शत्रुघन श्रेष्ठ,सबिन प्रधान र प्रचण्ड कर्माचार्य ले खेल पोसाक ,जुत्ता र सामग्रीहरू प्रदान गर्नु हुने भएको छ ।
हवाई टिकट राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको छ भने सहभागिताको अवसर  एथलेटिक्स प्रशिक्षक दिलमाया कार्कीको पहलमा भएको हो ।
Comment