नेपाली टोलीको पराजय

एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल फीलीपीन्ससंग २–१ ले पराजित भयो । उज्बेकिस्तानको तासकन्दमा भएको खेलमा अन्तिम समयसम्म अग्रता लिएको नेपाल ताहनी एनीस र क्यामेली विल्सनले गोल गरे ।
नेपालका लागि विमला चौधरीले सविता रानाको क्रसमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । ३९ औ मिनेटमा चोट बोके पछि विमला मैदानबाट बाहिरिएकी थिइन् । उनलाई अनिता बस्नेतले प्रतिस्थापन गरेकी थिइन् ।
९० औ मिनेटमा एनीसले बराबरी गोल गरिन् भने ९२ औ मिनेटमा विल्सनले गोल गरिन् । नेपालले २१ सेप्टेम्बरमा हङकङसंग खेल्ने छ ।
Comment