रेगनको इतिहास सहित सकियो नेपालको यात्रा

रेगन श्रेष्ठले कायम गरेको नयाँ इतिहास सहित ३६ औ एसिबीएस पुरुष स्नुकर च्याम्पियनसिपमा नेपालको यात्रा सकिएको छ । प्री क्वार्टर फाइनल खेलमा अमिर सरखोससँग पराजित हुँदै रेगनको यात्रा सकिएको हो ।
यस अघि प्री क्वार्टर फाइनल प्रवेश गर्ने क्रममा रेगनले अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा कतारका मोहम्मद मोहम्मद अल बिनारीलाई पराजित गर्दै नेपालका रेगन श्रेष्ठ ३६ औ एसिबीएस एसियन पुरुष स्नुकर च्याम्पियनसिपको प्री फाइनलमा प्रवेश गरेका छन् । रेगनले अन्तिम फ्रेम ७५–७४ ले जितेर इतिहास कायम गरेका हुन् । नेपालकै निर्मल बोगटीको यात्रा भने पहिलो चरणमा सकिएको हो ।
Comment