रेगन नकआउट चरणमा

कतारमा जारी एसीबीएस ३६ औ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा नेपाली खेलाडी रेगन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । उनले संयुक्त अरब इमिरेट्सका अब्दुलमान रहमान सैफलाई ४–२ ले तथा इराकका अलि हुसेनलाई ४–३ ले हराए । पहिलो चरणको चार खेलमा उनी साबिक विजेता भारतका पङ्कज आडवानीसंग मात्र पराजित भएका थिए । दोस्रो चरणका उनको प्रतिस्पर्धा कतारका मोहम्मद अनि विनालीसंग हुने छ  ।
नेपालका निर्मल बोगटी भने अन्तिम खेलमा एलहना अबोदाइलीसंग पराजित भए । पहिलो खेलमा पराजित उनले लगातार दुई खेलमा जित हात पारेका थिए । उनले मङ्गलवार कुवेतका अहमद अब्दुललाई ४पहिलो खेलमा उपाधिकै अर्का दाबेदार पाकिस्तानका बाबर नासिहसंग पराजित निर्मल बोगटी जोर्डनका मातिह सराफलाई ४–२ ले हराउन सफल भए । यसै गरी उनले तेस्रो खेलमा कुवेतका अहमद अब्दुललाई ४–३ ले हराएका थिए  ।
Comment