श्रीलङ्कामा भएको प्रतियोगितामा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन

श्रीलङ्कामा सम्पन्न ग्लोबल भर्चुअल कराँते प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । महिला १८ देखि २१ उमेर समूहको ५७ किलो तौल समूह डिभिजन लेभल ४ मा नेपालकी प्रशंसा पोख्रेलले स्वर्ण पदक जितिन् ।
 १४ देखि १५ वर्ष उमेर समूहको ४६ देखि ५५ किलो तौल समूहको लेभल ३ मा नेपालकी शान्ति श्रेष्ठले स्वर्ण  पदक जितिन् ।
यसै गरी,पुरुष १८ देखि २१ वर्ष उमेर समूहको ५८ देखि ६७ किलो समूहको लेभल चारमा नेपालका तारकेश्वर  मिश्रले स्वर्ण पदक जिते ।  पदक विजेता एभरेस्ट मार्सल आर्ट ट्रेनिङ सेन्टरका खेलाडी हुन् । प्रशिक्षक रबी शाहीको प्रशिक्षणमा रहेको सो क्लबका खेलाडीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी रहेका छन् ।
सोही प्रतियोगितामा नेपालका रबी शाहीले रेफ्रिको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा ४५ देशका १०३४ खेलाडी सहभागी थिए ।
Comment