नेपाली खेलाडी उत्कृष्ट लयमा

कतारमा जारी एसीबीएस ३६ औ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा नेपाली खेलाडी सानदार लयमा रहेका छन् । पहिलो खेलमा साबिक विजेता पङ्कज आडवानीसंग पराजित रेगन श्रेष्ठ दोस्रो खेलमा कतारका मोहम्मद सरसानीलाई ४–० ले हराउन सफल भए । उनले तेस्रो खेलमा संयुक्त अरब इमिरेट्सका अब्दुल रहमान सैफलाई ४–२ ले हराए ।
पहिलो खेलमा उपाधिकै अर्का दाबेदार पाकिस्तानका बाबर नासिहसंग पराजित निर्मल बोगटी जोर्डनका मातिह सराफलाई ४–२ ले हराउन सफल भए । यसै गरी उनले तेस्रो खेलमा कुवेतका अहमद अब्दुललाई ४–३ ले हराए ।
Comment