बिबिसीको नेतृत्व चयन , सनोज प्रशिक्षक, अनिल कप्तान

नेपाली खेलकुद र समाजसेवामा सक्रिय ब्रिगेड ब्वाइज क्लबले आफ्नो २१ औ साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले डा. लाल कुमार पुनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सोही साधारण सभाले राजु हाइयुलाई उपाध्यक्ष तथा स्मित लामालाई महासचिवमा चयन गरेको छ । मिना कुमारी राई सह सचिव तथा अरविन्द गुरुङ कोशाध्यक्ष भए ।

प्रशिक्षक सनोज

सनोज श्रेष्ठ, हरेन्द्र भट्टराई, सूर्य पोख्रेल, योक बहादुर थापा, सन्दीप घिमिरे, डा.विनय भट्टराई, राजु श्रेष्ठ र अनुप बस्नेत सदस्य भए ।

सोही साधारण सभाले सनोज श्रेष्ठलाई फुटबल टोलीका प्रशिक्षक तथा अनिल गुरुङलाई कप्तानमा चयन गरेको छ ।
नेपाली राष्ट्रिय टोलीमा लामो समय रहेका फरवार्ड अनिलले यसै क्लबबाट ए डिभिजन फुटबलमा पाइला टेकेका थिए ।
Comment