एसियन च्याम्पियनसिप स्नुकरमा नेपालको सहभागिता

कतारको दोहामा जारी एसिबीएस ३६ औ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा नेपालको पनि सहभागिता रहेको छ । नेपाली टोली शनिवार त्यस तर्फ प्रस्थान गरेको छ । टोलीमा रेगन  र  निर्मल बोगटी छन् । यसै गरी सो टोलीको प्रशिक्षक सञ्जय कुमार मुल्मी रहेका छन् ।
नेपाल विलियार्ड्स, स्नुकर तथा पुल एसोसिएसनका अध्यक्ष अध्यक्ष सरोज कुमार मुल्मी तथा प्रतिनिधि सभा सदस्य प्रकाश मान सिंहले बिदाइ गरे
२०२० को मार्चमा तय भएको एसियन च्याम्पियनसिप कोभिड महामारीका कारण  लामो समय स्थगित भएको थियो । प्रतियोगिता दोहाको अल मेसिला लक्जरी रिसोर्टमा भई रहेको हो । प्रतियोगितामा १९ देशका ४२ खेलाडीको सहभागिता रहेको छ ।
साबिक विजेता भारतका पङ्कज आडवानी , पाकिस्तानका बाबर मसिहा र बहराइनमा हबीब सुबह लगायत स्टार खेलाडीको प्रतियोगितामा सहभागिता रहेको छ ।
Comment