नेपाल र भारतको बिच बराबरी

नेपाल र भारत बिच बिहीबार भएको मैत्री पूर्ण खेलमा १–१ गोलको बराबरी भएको छ । ३६ ओ मिनेटमा अञ्जन विष्टको गोलमा नेपालले अग्रता लिएको थियो । ६० ओ मिनेटमा अनिरुद्ध थापाले भारतका लागि गोल गरे
खेल पछि भारतीय टोलीका प्रशिक्षक आइगोर स्टीमाकले खेल अघि दुई पटक मात्र सामूहिक प्रशिक्षण भएको बताए । यसै गरी, नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो टोलीका केही कमजोरी अझै सुधार्न बाँकी रहेको बताए ।
Comment