टिम चण्डेश्वरीले उचाल्यो गजराज कप
Manoj Shiama
2 September, 2021 5:30 pm

टोखास्थित टिम चण्डेश्वरीले गजराज जोशी स्मृति कप २०२१ र्गल्स क्रिकेट फ्रेण्डली सिरिजको उपाधि उचालेको छ ।
नेपालको पहिलो धावक स्व. गजराज जोशीको जन्म जयन्तीको उपलक्षमा गजराज जोशी ट्रस्टद्वारा आयोजना गरिएकोको र्गल्स क्रिकेट फ्रेण्डली ट्राई सिरिजमा टिम सरस्वती माथि २ – १ को जित निकाल्दै सिरिजमा कब्जा जमाएको हो ।
गोल्फुटारस्थित रोयल ईन्डोर क्रिकेट एकेडेमीमा भएको सिरिजको १२ ओभरको पहिलो खेलमा टिम सरस्वतीले ६ विकेटको जित निकाल्यो । टस जितेर बलिङ रोजेको सरस्वतीले चण्डेश्वरीलाई ५ विकेटको क्षतीमा ६८ रनमा रोक्न सफल भएको थियो । चण्डेश्वरीका संस्कृति फुयाँलले १५ बलमा २ छक्काको मद्दतमा १८ रन र बिपिषा शाहीले १० बलमा १ चौकाको मद्दतले १४ रन जोडे । टिम सरस्वतीका प्रकृति पोखरेलले ३ ओभरमा २२ रनका साथ एक विकेट र अस्मिता खरेलले ३ विकेटमा १५ रन खर्चिँदै एक विकेट हात पारेकी थिइन् ।
६९ रनको लक्षका साथ मैदान छिरेको टिम सरस्वतीले १० ओभरमा १ विकेटको क्षतीमा लक्ष पुरा ग¥यो । सरस्वतीका प्लेयर अफ दि म्याच बिन्दा कटुवालले ३३ बलमा १ छक्का र १ चौकाको मद्दतले ४० रन र हेलिशा गुरुङले १६ बलमा १३ रन जोडिन् । चण्डेश्वरीकी विपिषा शाहीले २ ओभरमा १ विकेटका साथ १२ रन खर्चिन् ।
सिरिजको दोस्रो खेलमा टिम चण्डेश्वरीले ६ रनको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको चण्डेश्वरीले ८.१ ओभरमा सबै ७ विकेट गुमाउँदै ७७ रन जोड्यो । प्लेयर अफ दि म्याच डल्ली भट्टले ११ बल फेस गर्दै २ छक्काको मद्दतले २१ रन जोडिन् । यस्तै संस्कृति फुयाँलले २२ बलमा १ छक्काको मद्दतले १६ रन र खुसी डङ्गोलले १२ बलमा १ छक्का मद्दतले १२ रन जोडिन् । बलिङ तर्फ सरस्वतीका कृष्मा गुरुङले २.१ ओभरमा ११ रन खर्चँदै ३ विकेट र प्रकृति पोखरेलले ३ ओभरमा २९ रन खर्चँदै २ विकेट हात पारिन् ।
७८ रनको लक्ष पछ्याउने क्रममा टिम सरस्वती १२ ओभरमा पुरै ७ विकेट गुमाउँदै ७१ रनमा समेटियो । सरस्वतीका हेलिशा गुरुङले ३६ बलमा १ छक्काको मद्दतले २९ रन र बिन्दा कटुवालले २० बलमा १ चौकाको मद्दतले २२ रन जोडिन् । बलिङ तर्फ चण्डेश्वरीका डल्ली भट्टले ३ ओभरमा १२ रन खर्चँदै १ विकेट र विपिषा शाहीले ३ ओभरमा १८ रन खर्चँदै १ विकेट हात पारिन् ।सिरिजको तेस्रो तथा अन्तिम खेलमा चण्डेश्वरीले ७ रनको जित निकाल्दै सिरिजमाथि कब्जा जमायो । चण्डेश्वरीले टस जितेर पहिले ब्याटिङ रोज्दै ५.३ ओभरमा सबै ७ विकेट गुमाउँदै ३९ रन जोड्यो । उसका लागि प्लेयर अफ दि सोनी पाख्रिनले ९ बलमा १ चौकाको मद्दतले १० रन र संस्कृति फुयाँलले ६ बलमा १ छक्का मद्दतले १० रन जोडिन् । बलिङ तर्फ सरस्वतीकी प्रकृति पोखरेलले १ ओभरमा १६ रन खर्चँदै २ विकेट र अस्मिता खरेलले १ ओभरमा दुई रन खर्चँदै २ विकेट हात पारिन् ।
४० रनको लक्षका साथ प्रतिउत्तरमा उत्रेको सरस्वती ६.५ ओभरमा पुरै ७ विकेट गुमाउँदै ३२ रनमा समेटियो । सरस्वतीका हेलिसा गुरुङले ७ बलमा ६ रन र बिन्दा कटुवालले ७ बलमा १ चौका मद्दतले ७ रन जोडिन् । यस्तै बलिङ तर्फ चण्डेश्वरीका सोनी पाख्रिन र डल्ली भट्टले समान २ ओभरमा ६ रनका साथ २ विकेट हात पारे ।
विजयी खेलाडीहरूलाई ट्रस्टका अध्यक्ष मनिष जोशी, नेपाली महिला टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय, टोखा नगरपालिका २ का वडा अध्यक्ष दीपक राज जोशी, नेपाली काङ्ग्रेस महासमिति सदस्य रामेश्वर के.सी.र गोकर्ण के.सी., महाधिवेशन प्रतिनिधि राजेन्द्र महर्जन, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष दीपक गुरुङ र सचिव दामोदर भट्ट्याई, नेपाली काँग्रेस टोखा नगर समितिका सचिव एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य रमेश नापित लगायतले पुरस्कार वितरण गरेका थिए ।महिला क्रिकेट टिम उत्पादन गर्ने उद्देश्यले टोखास्थित दुई क्षेत्र सरस्वती र चण्डेश्वरीमा महिलाहरूको दुई टिम स्थापना गरी उक्त टिमका बिच प्रतिस्पर्धा गराइएको प्रशिक्षक रविन जोशीले जानकारी गराए । यसले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै क्रिकेटमा महिलाहरूको सहभागितालाई वृद्धि गर्न सहयोग पुग्ने गजराज जोशी ट्रस्टका अध्यक्ष मनिष जोशीले बताए ।