प्रथम अन्तर्राष्ट्रिय धावक स्व. जोशीको प्रतिमा अनावरण

प्रथम एसियाली खेलकुद खेलकुद १९५१( नयाँ दिल्ली) नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व. गजराज जोशीको प्रतिमा अनावरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पिक संग्राहलयको आयोजनामा नेपाल ओलम्पिक कमिटीको प्रेक्षा लयमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम् सांसद जीवनराम श्रेष्ठले प्रतिमा अनावरण गरेका हुन । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष चतुरा नन्द राज वैद्य, ज्योति राणा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी सहित प्रमुख अतिथि श्रेष्ठले गजराज जोशीका विभिन्न आयामहरूका बारेमा धारणा राखेका थिए ।
प्रमुख अतिथि श्रेष्ठले स्व. जोशीलाई आफूले एक खेलाडीको रूपमा मात्र स्मरण गरेकोमा आज आएर उनका बारेमा विविध जानकारी हासिल गर्न पाएको बताए । उनले आउँदो पीढीको लागि स्व. जोशीको योगदानबाट प्रेरणा मिल्ने बताए ।
ओलम्पिक संग्राहलयमा खेल क्षेत्रलाई विकास गर्न योगदान गर्ने खेल कर्मी र विभिन्न खेलाडीहरूको प्रतिमा स्थापना गर्ने लक्ष रहेता पनि स्व. गजराज जोशीको खेलकुद लगायत विभिन्न क्षेत्रमा गरिएको योगदानको कदर गर्दै उनको प्रतिमा स्थापना गरिएको नेपाल ओलम्पिक संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए ।
उक्त अवसरमा गजराज जोशीका पुत्र, नेपाल फुटभली सङ्घका अध्यक्ष एवम् भेट्रान एथलेटिक्स खेलाडी मनिष जोशीलाई मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो ।
Comment