दुर्गा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीकी अध्यक्ष

ब्याडमिन्टनकी दुर्गा भण्डारीलाई अध्यक्षमा निर्विरोध चयन गदै कैलाली जिल्ला राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले राम चन्द्र जोशीलाई उपाध्यक्ष तथा बम बहादुर बोगटीलाई महासचिवमा चयन गरेको छ  यसै गरी, गोविन्द बाँनीया र प्रेम बहादुर विक सचिव भए । वर्षा साउद सह कोशाध्यक्ष भइन् ।
सुभाष भुल साउद,धन बहादुर ठाकुर,पूजा बोगटी, सुवास बुढा,बालचन्द्र राना र मुन्नी राना सदस्य भए ।
Comment