रजनी महोत्तरी तेक्वान्दोको अध्यक्ष

महोत्तरी जिल्ला तेक्वान्दो सङ्घले रजनी लामालाई अध्यक्ष निर्विरोध चयन गरेको छ । निर्वाचन समितिका संयोजक रवीन्द्र चौधरीको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि गुरु प्रसाद गौतम र दुई नं प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाको उपस्थितिमा भएको अधिवेशनले रजनीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
फणीन्द्र राज भट्टराई उपाध्यक्ष तथा छेवाङ लामा सचिव भए । देवेन्द्र राज थिङ कोशाध्यक्ष भए । सन्तोष कार्की, अनुप राई, सरोज विक, हस्त विक र सबिना लामगादे सदस्य भए ।
अध्यक्षमा निर्वाचित रजनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थुप्रै प्रतियोगिता खेलेको अनुभव छ  ।
Comment