अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाइयो

अन्तर्राष्ट्रिय  बक्सिङ दिवसको उपलक्ष्यमा नेपाल बक्सिङ सङ्घको आयोजनामा  विविध कार्यक्रम सम्पन्न भएको छ ।  बक्सिङ फर कज, बक्सिङ फर कम्पेसन  / बक्सिङ प्रतियोगिता लगायत कार्यक्रमहरू सञ्चालन भएको हो ।

अन्तर्राष्ट्रिय बक्सिङ दिवसको उपलक्षमा सातदोबाटोस्थित केन्द्रीय बक्सिङ जिममा पाँच वटा बक्सिङ शो म्याचहरूको आयोजना गरिएको थियो ।  ६७ किलो तौल समूहमा शनिल शाही र भूपेन्द्र थापा, ५२ किलो तौल समूहमा चन्द्र थापा र प्रदीप महर्जन, ५१ किलो शुस्मा तामाङ र माला राई, ६९ किलो तौल सङ्गीता सुनार र सरस्वती राना मगर तथा ६० किलो तौल आभास प्रताप शाह र रोशन अछामी बिच प्रदर्शनात्मक बक्सिङ प्रतियोगिता आयोजना गरिएको थियो । प्रदर्शनी खेल भएकोले दुई वटै सहभागीहरूलाई विजयी घोषित गरी सहभागी सम्पूर्ण खेलाडीहरूलाई खादा, नगद तथा एक अन्तर्राष्ट्रिय बक्सिङ दिवसको टिसर्ट उपहारस्वरूप प्रदान गरिएको थियो । त्यसै गरी बक्सिङ फर कज अन्तर्गत आज अनाथालयहरूमा गई बक्सिङ खेलाडी तथा बक्सिङ प्रेमीहरूले अनाथहरूका बिचमा गई स्वास्थ्य उपकरणहरू मास्क, सेनिटाईजर लगायत स्वास्थ्य उपकरणहरू हस्तान्तरणका साथै बक्सिङ सम्बन्धी ज्ञान पनि प्रदान गरिएको बक्सिङको ज्ञान प्रदान गरिएको थियो ।

यसै क्रममा साताव्यापी कार्यक्रमहरू सञ्चालनकै क्रममा सातदोबाटोस्थित  परिसरमा सम्पूर्ण बक्सिङ खेलाडी, प्रशिक्षक, रेफ्री जज तथा सङ्घका पदाधिकारीहरूले परिसरमा सरसफाइ गरेका थिए ।

यसै अन्तर्गत नेपाल बक्सिङ सङ्घ अन्तर्गतका ४० वटा जिल्लाहरूका पदाधिकारी एवं खेलाडी, प्रशिक्षकहरूद्वारा अन्तर्राष्ट्रिय बक्सिङ दिवसको उपलक्ष्यमा २० देखि ४० सेकेन्डसम्मको सेडो बक्सिङ प्रतियोगितामा पनि सहभागिता जनाइएको थियो ।

नेपाल बक्सिङ सङ्घका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका सदस्य  राम अवालेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, राखेप बोर्ड सदस्य सुभाष श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन वि.क. नेपाल बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्यहरू श्यामकाजी अवाले, पुष्कर राज पन्त तथा  सिने कर्मी प्रदीप बास्तोला, बक्सिङ च्याम्पियनहरू विशेष उपस्थिति रहेको थियो ।

Comment