भुवन दाङ हाप्किडोका अध्यक्ष


दाङ जिल्ला मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको प्रथम अधिबेशनले भुवन बुढा मगरलाई अध्यक्षमा चयन गरेको छ । अधिबेशन नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनका अध्यक्ष काली बहादुर घर्ती मगरको उपस्थितीमा भएको हो ।
सोमबार भएको जिल्ला अधिबेशनले सुजन वली , बसन्त घर्तीमगर, गणेश नेपाली, तारा सिंह बुढा र गणेश घर्ती मगरलाई उपाध्यक्षमा चयन गरेको छ ।
भ्युमान पुन सचिव र अस्मिता बीसी कोषाध्यक्ष भए । सविन वली, सुप्रिया बाठा मगर, विधान आचार्य, प्रीन्स विष्ट,कृष्ण डीसी र उमा देवी गीरी सदस्य भए ।
जिल्ला खेलकुद विकास समिती दाङका अध्यक्ष विवेक श्रेष्ठको प्रमुख आतीथ्यमा दाङको बेलझुण्डीमा आयोजित अधिबेशनमा जिल्ला खेलकुद विकास समितीका कार्यलय प्रमुख तथा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी विशेष अतिथीको रुपमा उपस्थित थिइन् ।

Comment