पोखरामा हाप्किडो च्याम्पियनसिप हुने 

गण्डकी प्रदेश मार्शल आर्ट्स हाप्किडो सङ्घको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घको सहयोगमा पुसको फागुनको साता वृहत् रूपमा “छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०७८” को आयोजना हुँदै छ । प्रतियोगिता १३ देखि १६ फागुनसम्म पर्यटकीय नगर पोखरामा आयोजना हुँदै छ ।
प्रतिस्पर्धामा फाइट तर्फ महिला र पुरुष दुवै तर्फ १० तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, र ६५–७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
आयोजक कमिटीकी संयोजक तारामाया थापाका अनुसार यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुनेछन् ।
नेपालमा पछिल्ला केही वर्ष यता सबैभन्दा प्रभावकारी रहेको नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको गतिविधिलाई पनि कोरोना महामारीको दोस्रो लहरले प्रभावित बनाएको छ । खेलाडीको स्तर वृद्धिमा लागि अहोरात्र सक्रिय यस सङ्घको गतिविधि पनि केही हदसम्म प्रभावित भए पनि यसबाट पार पाउँदै फेरी सक्रिय हुने क्रममा हामीले यो प्रतियोगिता आयोजना गर्ने तरखर गरेका संघले जनाएको छ । नेपाली हाप्कीडोका सबै खेलाडीलाई फेरी सक्रिय बनाउन यो प्रतियोगिता महत्त्वपूर्ण साबित हुने छ भन्ने विश्वास एसोसिएसनको रहेको छ । साथमा यस पर्यटकीय नगर पोखरामा आयोजना हुने प्रतियोगिताले पोखराको  पर्यटकीय विकासमा पनि टेवा पुग्ने छ भन्ने विश्वास आयोजकले लिएको  छौ ।
सङ्घले खेलकुद मार्फत युवाहरूलाई सकारात्मक सोच, शैक्षिक जागरण, अनुशासन, स्वस्थ, खेल प्रति समर्पित, योग्य, सक्षम, सबल र सफल युवा खेलाडी बनाउन प्रशिक्षित गर्दै र जनजीविका, जीविकोपार्जन, इज्जत मान–सम्मान, प्रतिष्ठा, राष्ट्रिय गौरव सँग जोड्दै प्रतियोगिता र सेमिनारको आयोजना गर्दै आइरहेको जनाएको छ । युवाहरूको शारीरिक र  मानसिक विकास गर्नमा यो प्रतियोगिता सहयोगी हुने छ भन्ने विश्वास लिएका विज्ञप्तिमा उल्लेख छ । साथै, राष्ट्रको इज्जतलाई  थप उचाइ दिन सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको हाप्किडोको केन्द्रीय सङ्घले खेललाई नेपालको ग्रामीण क्षेत्रमा बिस्तार गर्दै व्यापक बनाउन प्रयास गर्दै आएको छ ।
Comment