कर्णाली प्रदेश, कृषितथा सहकारी मन्त्रालयर सेञ्चूरी कमर्सियल बैंक लिमिटेडवीच कृषिकर्जा सम्बन्धी सम्झौता सम्पन्न

 

कर्णाली प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषितथा पशुपन्छी पालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६” कार्यान्वयनमा ल्याउन भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडवीच सम्झौता भयो । सम्झौता पश्चात कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विभिन्न शाखाहरुवाट व्यावसायिक कृषकहरुले सहूलियतपुर्ण कृषि कर्जा प्राप्त गर्न सक्ने छन ।
उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषितथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र्र प्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीनकुमार दाहालले वीरेन्द्रनगर, सुर्खेत अवस्थित मन्त्रालयमा वसी हस्ताक्षर कार्यक्रम सम्पन्न गरे ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ९२ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

Comment