मुख्य प्रशिक्षक थापाको उत्कृष्ट प्रदर्शनको विश्वास

नेपाली बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले संयुक्त अरब इमिरेट्समा जारी एएसबिएस एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । थापाले विगत केही वर्ष यता नेपाली मुक्केबाजहरूले उत्कृष्ट प्रदर्शन गरी रहेको र यो प्रतियोगितामा पनि यसलाई निरन्तरता दिने विश्वास रहेको बताए ।
यूथ तर्फ ६० किलो तौल समूहमा इन्द्र सुनार, ५४ किलोमा शुभ मैल,७१ किलोमा सुदिन गिरि तथा ५७ किलोमा नारिका राईले सहभागिता जनाएका छन् ।
यसै गरी, जुनियर तर्फ ५४ किलोमा वाङदी छिरिङ शेर्पा तथा ५२ किलोमा स्वस्तिका तिरुवाले सहभागिता जनाउने छन् ।
दीपक महर्जन,दुर्गा गहतराज, डम्बर दत्त भट्ट र सन्दीप श्रेष्ठ टोलीका प्रशिक्षक रहेका छन् ।  तर्क राज राई टोलीका मेनेजर रहेका छन् ।
सो टोलीलाई नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालले बिदाइ गरेका थिए । बिदाइ समारोहमा बक्सिङ सङ्घका सदस्य राम बहादुर गिरि, मान बहादुर भण्डारी,श्यामकाजी अवाले , पुष्कर राज पन्त र देवेन्द्र गिरि लगायत बक्समाण्डु बक्सिङ परिवारका उपस्थिति थियो । प्रतियोगिता २० देखि ३१ अगस्टसम्म हुने छ ।
टोलीलाई काठमाडौँमा मुख्य प्रशिक्षक थापा सहित प्रेम पाउजु र प्रवीण तुलाधरले पनि लगायतले प्रशिक्षण दिएका थिए ।
Comment