अन्तरनगर वडास्तरीय बास्केटबलको उपाधि पुन युनाइटेड क्लबलाई

pokhara mahotsavbasketballपोखरा

जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरा र·शालामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत अन्तरनगर वडास्तरीय बास्केटबल प्रतियोगिताको उपाधि पुन युनाइटेड क्लब नदीपुरले हात पार्न सफल भएको छ।

कास्की जिल्ला बास्केटबल सङ्घको व्यवस्थापनमा बास्केटबलकोर्टमा बुधबार सम्पन्न फाइनलमा फिमला क्लब फूलबारीलाई ८३–७८ ले पराजित गर्दै पुन युनाइटेड क्लब नदीपुरले उपाधि हात पार्न सफल भएको हो। उपाधि विजेता टीम पुन युनाइटेड क्लबले नगद १० हजार, द्वितीय हुने टीम फिमला क्लबले नगद सात हजार तथा तृतीय हुने टीम बाझापाटन ए ले नगद पाँच हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा फिमला क्लब फूलबारीका गिमेन पुन सर्वाधिक ३३ स्कोर गर्दै हाइस्कोरर तथा पुन युनाइटेड क्लब नदीपुरका अनिश शाही बेस्ट प्येर घोषित भए। गिमेन र अनिशले जनही एक हजार पुरस्कार प्राप्त गरे।

तेस्रो स्थानको लागि भएको खेलमा बाझापाटन ए ले बाझापाटन बी लाई ५३–५० ले परुाजित ग¥यो। सो खेलमा बाझापाटन ए का विशाल गुरुङले सर्वाधिक २३ स्कोर गरे।

यसअघि भएको पहिलो सेमिफाइनलमा पुन युनाइटेड क्लबले बाझापाटन ए लाई ५५–४३ ले पराजित गरेको थियो। सो खेलमा पुन युनाइटेडका अनिश शाहीले सर्वाधिक २९ स्कोर गरेका थिए। दोस्रो खेलमा फिमला क्लबले बाझापाटन बी लाई ५०–४९ ले पराजित गरेको थियो। सो खेलमा फिमलाका सुमन पुनले सर्वाधिक १६ स्कोर गरेका थिए।

विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुमप्रसाद गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनलगायतले शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए। प्रतियोगितामा १५ टीमको सहभागिता रहेको थियो।

डिफेण्डिङ च्याम्पियन ल्वाङघलेल र सार्दीखोला थ्रीसिस्टर्स कप भलिबलको फाइनलमा

डिफेण्डिङ च्याम्पियन ल्वाङघलेल र सार्दीखोला गाविस भलिबल कोर्टमा जारी थ्री सिस्टर्स गाविस कप–२०७१ को फाइनलमा प्रवेश गरेका छन्। कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा बुधबार भएको सेमिफाइनल खेलमा ल्वाङघलेलले धम्पुस र सार्दीखोलाले लुम्ले गाविसलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्।दुवै टीम गत वर्षको विजेता र उपपिवजेता हुन्।

पहिलो सेमिफाइनल खेलमा डिफेण्डिङ च्याम्पियन ल्वाङघलेल गाविसले धम्पुस गाविसलाई ३–२ को सेटमा पराजित ग¥यो। पहिलो सेट ३०–२८ ले हात पारेको ल्वाङले दोस्रो सेट २०–२५ र तेस्रो सेट २५–१७ ले ले गुमायो। खेलमा फर्किन चौथो सेट जित्नैपर्ने खेलमा उसले २५–९ ले पक्षमा पार्दै धम्पुसलाई पाँचौं सेटको निम्तो दियो। पाँचौं सेटमा भने धम्पुस ९–१५ ले गुमाएपछि डिफण्डिङ च्याम्पियन ल्वाङघलेलले सजिलो जीत निकाल्दै उपाधिको नजिक पु¥यो।सो खेलमा ल्वाङघलेलका दुर्गा विक म्यान अफ दी म्याच घोषित भए।

दोस्रो खेलमा सार्दीखोलाले लुम्ले गाविसलाई ३–२ को सेटमै पराजित गर्दै फाइनलमा गत वर्षको प्रतिद्वन्द्वी ल्वाङघलेलसँगको भेट पक्का ग¥यो। पहिलो सेट २३–२५ ले गुमाएको उसले दोस्रो सेट २५–१७ ले जिते पनि तेस्रो सेट १७–२५ ले नै पुनः गुमायो। चौथो सेट २५–१० ले जित्दै लुम्लेलाई पाँचौं सेट खेल्न बाध्य बनायो। अत्यन्तै प्रतिस्पर्धात्मक पाँचौं सेटमा भने १७–१५ ले जित्दै सार्दीखोला फाइनलमा प्रवेश गर्न सफल भयो। सो खेलमा सार्दीखोलाका रबिन गुरुङ म्यान अफ दी म्याच घोषित भए।

यसअघि भएको क्वाटरफाइनल खेलमा लुम्लले भदौरेलाई २५–१८, २५–२३ र २९–२७ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। सो खेलमा लुम्लेका सागर प्रत्याल म्यान अफ दी म्याच घोषित भए।अर्को खेलमा धम्पसुले पार्चेलाई २५–२०, २५–२३ र २६–२४ को सोझो सेटमापराजित ग¥यो। सो खेलमा धम्पुसका मनोज खड्का म्यान अफ दी म्याच घोषित भए। यस्तै अन्तिम क्वाटरफाइनलमा सार्दीखोलाले घान्द्रुक गाविसलाई ३–२ को सेटमा पराजित ग¥यो। उसले पहिलो सेट २५–२३ ले हात पारे पनि दोस्रो सेट २३–२५ र तेस्रो सेट २३–२५मै गुमायो तर चौथो सेट २५–१७ ले हात पार्दै खेलमा फर्कियो। पाँचौं सेटमा भने १५–१० को जीत निकाल्न सफल भयो। सो खेलमा सार्दीखोलाका तोरण गुरुङ म्यान अफ दी म्याच घोषित भए।

बिहीबार बिहान ११ बजे ल्वाङघलेल गाविस र सार्दीखोला गाविसबीच उपाधिको लागि प्रतिस्पर्धा हुने कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिए। प्रतियोगितामा विजेता टीमलाई नगद ६० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै बेस्ट प्लेयरलाई नगद पाँच हजार तथा अन्य विधामा उत्कृष्ट हुनेलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा ३२ टीमको सहभागिता रहेको छ।

Comment