युवराज दोलखा तेक्वान्दोका अध्यक्ष


तस्बिर पासाङ शेर्पाको फेसबुक बाट साभार
दोलखा जिल्ला तेक्वान्दो सङ्घको अधिवेशनले युवराज जिरेललाई अध्यक्षमा निर्वाचित गरेको छ । सोही अधिवेशनले धन बहादुर श्रेष्ठलाई उपाध्यक्ष तथा पासाङ शेर्पालाई सचिवमा चयन गरेको छ । अमृत बहादुर कार्की कोशाध्यक्ष भए । रिता खत्री, सिता कुमारी जिरेल र पासाङ छिरिङ शेर्पा सदस्यमा सर्वसम्मत निर्वाचित भए ।
बाग्मती प्रदेश तेक्वान्दो सङ्घका सदस्य कवि मालाकारको उपस्थिति तथा नगरपालिकाका प्रमुख टङ्क बहादुर जिरेलको प्रमुख आतिथ्यका जिल्ला अधिवेशन भएको हो ।
Comment