धनुषामा लामा


धनुषा जिल्ला तेक्वान्दो सङ्घको तेस्रो साधारण सभाले तिलक लामाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति शनिवार निर्विरोध चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोषकुमार चौधरी र गोपाल आचार्य, सचिवमा सुमन लामिछाने, सह–सचिवमा देवकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमोल ठाकुरले जिम्मेवारी पाए ।
अबुल कुमार झा, सन्दीप मण्डल, निशान लामा, नबिना सुन्दास, दिनेश राना मगर, राज लामा र पूर्णबहादुर योञ्जन सदस्यमा चयन भए ।

Comment