गौतम विश्व ¥याफ्टीङ्गको सदस्यमा चयन

नेपाल ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग सङ्घका महासचिव सुदीप राज गौतम विश्व ¥याफ्टिङ्ग महासङ्घको बोर्ड सदस्यमा चयन भएका छन् ।
विश्व ¥याफ्टिङ्ग महासङ्घको चुनावी साधारण सभाले चार वर्ष २०२१ – २०२४ का लागि एसियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासङ्घको बोर्ड सदस्यमा चयन गरेको हो । महासङ्घको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् ।
फ्रान्समा आयोजना भएको विश्व ¥याफ्टिङ्ग च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासङ्घको अध्यक्षमा इटालीका बारमाज डानिलोलाई दोस्रो कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको थियो ।
 गौतम ¥याफ्टिङ्ग खेलको विकास र विस्तारमा अहोरात्र लाग्दै आई रहेका छन् । गौतम ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग सङ्घको संस्थापक सदस्य समेत हुन् ।
Comment