नेपालमा  फेन्सिङको सुरुवाती दिनका यी स्टार 

नेपालमा  फेन्सिङ खेल भित्रिएको धेरै  भएको छैन । यस  बिचमा नेपालले केही सफलता पनि पाएको छ । यो छोटो समयको अन्तरालमा नेपालका लागि परिचित खेलाडी अनिता कार्कीले टोकियो ओलम्पिकमा छनोट चरणमा सहभागिता जनाएकी थिइन् । भलै ,उनी छनोट हुन त सफल भइनन् ।  परन्तु, उनको खेल स्तरीय भएको तथा आगामी दिनमा राम्रो सम्भावना रहेको जनाइन्छ ।
उज्बेकिस्तानमा भएको सोही छनोटमा अनिताका प्रशिक्षक थिए, जङ्ग गिरि । नेपालका सुरुवाती दिनका यी खेलाडीको प्रशिक्षण जीवन त त्यत्ति लामो छैन । १३ औ दक्षिण एसियाली  खेलकुदमा नेपाली टोलीका प्रशिक्षक रहेका यी नि सन् २०१८ मा ओलम्पिक सोलीडारिटी कोर्स पुरा गर्दै प्रशिक्षक भएका हुन्
खेलाडीकै रूपमा उनी सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुद, त्यसको  एक वर्ष  पछि रुसमा भएको विश्व फेन्सिङ च्याम्पियनसिप  तथा सन् २०१७ मा हङकङमा भएको एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी भएका थिए । सन् २०१९ मा बैंककमा भएको सियु ओपन  फेन्सिङ च्याम्पियनसिपमा सहभागी उनी सन् २०१६ देखि घरेलु प्रतियोगितामा उत्कृष्ट लयमा छन् । पहिलो
राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा एकल र  टिममा स्वर्ण पदक विजेता उनी सन् २०१८ को राखेप च्याम्पियनसिपमा एकलमा स्वर्ण पदक जित्न सफल भएका थिए । सो प्रतियोगितामा उनी सम्मिलित एपीएफको टोली भने दोस्रो भएको थियो । सोही वर्ष  भएको राष्ट्रिय ओपन एपे फेन्सिङ च्याम्पियनसिपमा रजत पदक हात पारेका उनले सातौँ राष्ट्रिय खेलकुदमा एकल र टिममा स्वर्ण पदक जितेका थिए । पहिलो राष्ट्रिय  फेन्सिङ च्याम्पियन, राखेप च्याम्पियनसिप र सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेर ह्याट्रिक गरेका उनी नगद पुरस्कार सहित सम्मानित भएका थिए ।
आठौँ राष्ट्रिय खेलकुदमा उनी सम्मी लीन एपीएफ टोली  इपी समुहमा पहिलो भएको थियो । यी यावत सफलता पाएका जङ्ग  नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घबाट २०७४ को उत्कृष्ट खेलाडी घोषित  भएका थिए । गएको १३ औ  दक्षिण एसियाली खेलकुदमा नेपालले ४ रजत र ६कांस्य पदक जित्नुमा उनको  त्यत्तिकै भूमिका रहेको थियो । नेपाली फेन्सिङको  इतिहास छोटो भए पनि जङ्गको नाम सुरुवाती दिनमा मुख्य खेलाडीको रूपमा सधैँ रही रहने छ।
Comment