खेलकुद देखि समाज सेवामा समेत सक्रिय ध्रुव महासचिवका उम्मेदवार

 ध्रुव भट्ट  नेपालीका परिचित मार्सल आर्टीस्ट अहिले स्पेनमा सामाजिक र पेसागत जीवनमा व्यस्त  छन् । आईटिएफ तेक्वान्दोको वर्ल्ड कपमा सहभागिता  जनाइसकेका भट्ट प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय मास्टर हुन् भने अन्तर्राष्ट्रिय रेफ्री पनि ।
नेपालमा रहँदा भिन्न खाले  जिम्मेवारी पुरा गरेका उनी एसियन तेक्वान्दो च्याम्पियनसिपमा प्रशिक्षक थिए भने  दक्षिण एसियाली  आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई पटकसम्म स्वर्ण पदक हात  पारेका थिए ।
दक्षिण एसियाली आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रशिक्षकको अनुभव प्राप्त  गरी सकेका उनले  विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा सफलता हासिल गरेका छन् ।
नेपालमा भएका थुप्रै राष्ट्रिय प्रतियोगिताहरूमा रेफ्री र प्रशिक्षकको भूमिका निभाएका उनी  आईटिएफ तेक्वान्दोको सुदूर पश्चिमाञ्चल क्षेत्रीय प्रमुख हुँदा सो क्षेत्रलाई आईटिएफ तेक्वान्दोबाट ऐतिहासिक सफलता दिलाउन पनि सफल भएका थिए ।
आई टी एफ तेक्वान्दोको जनकपुर अञ्चल प्रमुख भएको समयमा उनले दक्ष खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विभिन्न राष्ट्रिय खेल सङ्घहरूमा महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष सम्मको जिम्मेवारी सफलता पूर्वक बहन गरेका उनले खेलकुदमै सक्रिय  एभरेस्ट क्लबको सचिव हुँदै अध्यक्षको जिम्मेवारी बहन गरी सकेका छन् ।
सामाजिक रूपमा सक्रिय रहने हरेक खाले  गतिविधिमा सहभागिता जनाउने गरेका उनले शिव शङ्कर सामुदायिक संस्थाको अध्यक्षको जिम्मेवारी बहन गरी सकेका छन् ।
चितवन समाजको आजीवन सदस्य भट्ट स्पेनमा  रहँदा पनि सहयोगी भावनाले प्रेरित थिए । एनआरएनए स्पेनको सचिव हुँदा कार्यालय सञ्चालन गरी पासपोर्टको आवेदन फाराममा सहयोग  गर्ने , पुलिस रिपोर्ट लिगलाईजेशन गर्ने सवालमा  आवश्यक सहजीकरण गरिदिने र विभिन्न किसिमको प्रशासनिक काममा सहयोग गर्ने गरेका थिए ।
तीनै  सहयोगी भावनाका ध्रुव आसन्न स्पेनको एनआरएनए अधिवेशनमा महासचिवको उम्मेदवार बनेका छन् ।  आफ त्यहाँ रहँदा आइपर्ने  समस्यासँग साक्षात्कार गरी सकेकाले महासचिवको भूमिका निर्वाह गर्न सहज  हुने बताउने ध्रुव विदेशमा रहे पनि सबैको समस्या समाधानमा लागि जो कोही तत्पर रहनु पर्ने कुरामा जोड दिन्छन् ।  सञ्चार क्षेत्रमा रुचि राख्ने उनी खेलकुद न्युज डटकमका प्रवास सम्पादक समेत  हुन् ।
Comment