अमेरिकामा पनि सफल हुँदै राजेश

राजेश कर्माचार्यले जुडोको पाँचौँ डान प्राप्त गरेका छन् । कुनै समय नेपाली खेलकुदमा विशिष्ट प्रभाव जमाएका कर्माचार्य विगत नो वर्ष देखि अमेरिकामा रहेका छन् । जुडोका उत्कृष्ट यी प्रशिक्षकले अन्तर्राष्ट्रिय जुडो प्रशिक्षण कोर्स पनि पुरा गरेका छन् । उनी बाहेक मोहन बम र पृथ्वी आलोकले यो कोर्स पुरा गरेका छन् । संयोग नै मान्नु पर्छ की यो कोर्स गर्ने गर्ने आलोक पनि राजेशकै उत्पादन हुन् ।
नेपाली खेलकुदको वर्तमान वातावरण योग्य र उपयुक्त व्यक्तिका लागि असहज भइरहेको समयमा अमेरिका पुगेका राजेशै त्यही रहेर पनि आफ्नो क्षमता र योग्यतालाई बारम्बार पुष्टि गरेका छन् । यो क्रम रेफ्रि र प्रशिक्षक दुवै रूपमा यथावतै कायम छ । उनको लगाव र मेहनत र परिश्रमबाट प्रभावित अमेरिकी जुडो महासङ्घको पाँचौँ डान ग्रेडिङमा सफलता पाएका थिए ।
Comment