फुटसल सङ्घले बुझायो जिल्ला प्रशासनलाई ज्ञापन पत्र


फुटसल ब्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले कोभिड १९ को कारण फुटसल व्यवसायीमा परेको परिणामको असरलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई एक ज्ञापन पत्र बुझाएका छ ।
कोभिडका कारण विगत २ महिना देखि जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्रले बाध्य भई आफ्ना क्रियाकलापलाई बन्द गर्न बाध्य भएकोमा हाल निषेधाज्ञामा केही खुकुलो पन आई सहजता देखिएकोले फुटसलले पनि उक्त खुकुलो पनको उपभोग गर्न पाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
सबै वर्ग, समूहका लागि शारीरिक, मानसिक स्वास्थ्य सँग जुटेको फुटसल ठुलो लगानी गरी खोलिएकोले लामो समय सम्म सञ्चालनमा नआएका कारण बैङ्क ब्याज, कर्मचारीको तलब लगायत विभिन्न आर्थिक व्ययभार बहन गर्नु पर्नाका कारण ठुलो क्षति बेहोर्नु बाध्य भएकोले राज्यले तोकेको मापदण्ड पुरा गरी प्रतिबद्धता सहित फुटसल सञ्चालन गर्न पाउनु पर्ने माग सङ्घका अध्यक्ष तथा महासचिवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा लेखिएको छ ।

Comment