तेक्वान्दोकर्मीको एनआरएन यात्रा

सिद्धार्थ श्रेष्ठ, नेपाली तेक्वान्दोका १२ औ ब्याजमा ब्ल्याक बेल्ट । चौथो डानका उनी विगत १३ वर्ष देखि जापानमा रहेका छन् । कुनै समय नेपाली तेक्वान्दोमा सक्रिय उनी अनेकौँ राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउँथे । यो क्रम .बि.स ६० को दशकको सुरुवातको हो ।
बागलुङ ३ का उनी १३ वर्ष अघि जापान पुगेका थिए ।
जापानमा रेस्टुरेन्ट व्यवसाय गरी रहेका श्रेष्ठ एनआरएन जापानको प्रवक्ताको भूमिकामा अहिले पनि यथावतै छन् । उनले यसै क्रममा आर्थिक अनुशासन र पारदर्शीताको मुद्दा जापानबाट अहिले आइसिसीमा पुगेको छ ।
विदेशमा रहँदा नेपालका विविध सामाजिक क्षेत्रमा चासो राख्ने उनी विभिन्न जापानमा पनि नेपालीका माझ लोकप्रिय छन् । सामाजिक संस्थामा सक्रिय रहने उनी बागलुङ समाज जापानका समेत अध्यक्ष रहेका छन् ।
उनै श्रेष्ठले आसन्न एनआरएन जापानको अधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिएका छन् ।
Comment