नेकोसको पहलमा खोप प्रदान

नेपाल खेलकुद महासङ्घ ( नेकोस ) को पहलमा खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप आइतबार प्रदान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले दिएको जानकारी अनुसार महासङ्घका उपाध्यक्ष तथा परिषद् सदस्य सुवास श्रेष्ठको
संयोजकत्वमा कार्यक्रम भएको थियो । यसै गरी, कार्यक्रममा महासङ्घ अध्यक्ष रमेश पौडेल र महासचिव मेघराज पौडेल लगायतको पनि उपस्थिति थियो ।
नेकोसले पहिलो मात्रा पनि नलगाएका खेलाडी लगायतलाई खोप उपलब्ध गराएको हो । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा २ सय जना खेलकर्मीलाई  खोप लगाइएको हो । खोप लगाउनेमा गत एसियाडका तथा दक्षिण एसियाली खेलकुदका पदकधारी, बन्द प्रशिक्षणमा रहेका भलिबल राष्ट्रिय टोलीका खेलाडी तथा आसन्न टोक्यो ओलम्पिकमा जाने तयारीमा रहेका खेलाडी थिए ।
श्रेष्ठले जनाए अनुसार महासङ्घले देशभरिका खेलकर्मीका लागि थप ५ हजार खोप माग गरिरहेको छ ।
Comment