वैवाहिक जीवन पछि उत्साहित बम क्याथरिन

वैवाहिक जीवन पछि नेपालका चर्चित जुडो खेलाडी मोहन बम जिन्दगीको नयाँ मोडमा पुगे पनि यसले झन् उत्साहित भएका छन् । अस्ट्रेलियामा मार्सल आर्टमा रमाइरहेका कराँते खेलाडी क्याथरिन मिलरोयसंग विवाह बन्धनमा बाँधिएका हुन् ।
८ वर्ष अघि देखि विदेशी भूमिमा बसेका बम सन् २०१८ र सन् २०१९ को समयमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय जुडो
प्रतियोगितामा सहभागिता जनाएका थिए । उनले यस क्रममा विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाएका थिए ।
विश्व जुडो बरीयतामा शीर्ष बरीयताका पुरुष नेपाली खेलाडीको रूपमा रहेका बम पाँच पटक काताका अस्ट्रेलियाका राष्ट्रिय च्याम्पियन भई सकेका छन् । दुई देशको राष्ट्रिय च्याम्पियन उनी नेपालमा रहँदा भने फरक विधाका राष्ट्रिय च्याम्पियन थिए । उनी लेभल टुका अन्तर्राष्ट्रिय प्रशिक्षक पनि हुन् ।
बमसँग विवाहित बन्धनमा बाँधिएका क्याथरिन दोस्रो डान हुन् । उनी धेरै पटक भिक्टोरियाको प्रान्तीय च्याम्पियन हुन् । धेरै पटक भिक्टोरियाको प्रतिनिधित्व गरेका उनी भिक्टोरियन कन्ट्री कराँते लिग पर्पुचुएल ट्रफीको उपाधि लगातार दुई पटक जित्न सफल भएकी हुन् । अस्ट्रेलियन अल स्टाइल राष्ट्रिय कराँते च्याम्पियनमा उनी तेस्रो स्थानमा रहेकी थिइन् ।
अस्ट्रेलियन स्पोर्ट्स ब्रोन्च लेभल कोचको रूपमा समेत उनी कार्यरत छिन् । कराँते विकासमा सक्रिय उनी चार देखि १५ वर्ष बिचको उमेर समूहका बालकलाई प्रशिक्षण दिइरहेकी छिन् । साउथ वेस्ट स्पोर्ट्स एकेडेमीको तर्फबाट कोच डेभ्लप्मेन्ट र क्लब डेभ्लप्मेन्ट अवार्ड पाएकी उनी सामुदायिक सेवामा सक्रिय भएका कारण उनले प्रतिष्ठित अस्ट्रेलिया डे अवार्ड पनि पाएकी छिन् ।
आफूलाई सद्भाव राख्ने सबै प्रति आभार व्यक्त गर्दै उनीहरूले नेपालको वातावरण सहज भए पछि यहाँ आउने योजना रहेको बताएका छन् ।
Comment