युएईमा नेपाललाई सफलता

संयुक्त अरब इमिरेट्समा दुबई स्पोर्ट्स काउन्सिल र सटल टाइम दुबईको आयोजनामा भएको अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगितामा नेपाली टोली दोस्रो  भएको छ । त्यहाँ बसोबास गर्ने विभिन्न ४ देशका टोली प्रतियोगितामा सहभागी थिए ।
टिम भारतलाई हराउँदै उपाधिको निम्ति श्रीलङ्कासँग भिडेको हो ।   सामान्यतया बिदाको दिनमा ब्याडमिन्टन खेल्ने प्रचलन युएई मा बढ्दै गएको छ । यसैलाई प्रतियोगिताको स्वरूप दिँदै यो स्पर्धा आयोजना गरिएको हो ।
त्यहाँको नेपाली जनजीवनलाई नजिकबाट नियाल्नेहरू यस खालको प्रतियोगितामा महत्त्वपूर्ण उपस्थिति देखाउन थाले पछि नेपालीहरूको पहिचान गर्वीलो बनेको छ ।
१७ देखि १९ जुनसम्म दुबईको जुमिरहामा रहेको काइटबीच भलिबल खेल मैदान नजिकको कोर्टमा भएको प्रतियोगितामा नेपाल र भारत लगायत फिलिपिन्सका खेलाडीहरू सहभागी थिए ।
बिडब्लुएफ रिले स्कोरिङको नियम अनुसार खेल सञ्चालन भएको थियो । नेपाल र भारत एउटा समूहमा थियो भने श्रीलङ्का र फिलिपिन्स अर्को समूहमा खेलेका थिए । नेपालले समावेश पाँच वटै स्पर्धामा सहभागिता जनाएको थियो । यस खालको नयाँ शैलीको प्रतियोगितामा प्रयोग हुने सटल कर्क पनि फरक खालको हुने गर्छ ।
पछिल्लो समय महिला खेलाडीको समेत यहाँ उल्लेख्य उपस्थिति हुने गरेको छ । यसको उदाहरणको रूपमा ज्ञानु बराल र  सानिया चन्द रहेका छन् । नेपाली टोलीका मेनेजर हिरालाल श्रेष्ठ थिए ।
खेलाडीहरूमा दीपेश श्रेष्ठ र अनिल जोशी तथा ज्ञानु बराल सृष्टि शाक्य समावेश थिए । समावेश अन्य खेलाडीहरूमा टक सुनुवार,पवन मैयाँ नकर्मी,सुनिल पौडेल र सृष्टि शाक्य रहेका थिए ।
प्रतियोगितामा नेपालले अन्तिममा प्रतिस्पर्धा गरेको श्रीलङ्काको टोलीमा धेरै अनुभवी खेलाडी रहेको जनाइएको छ । सो खेलमा नेपाल १००–६१ ले पराजित भयो ।
Comment