एनआरएनए स्पोर्टस एकेडेमीबाट खेलाडीको घरमै पुगेर सहयोग
![](https://i0.wp.com/www.khelkudnews.com/wp-content/uploads/2021/06/rabi4.jpg?resize=720%2C540)
सम्पूर्ण प्रवासी नेपाली खेलाडीको प्रतिनिधित्व गर्ने गैर आवासीय नेपाली सङ्घ खेलकुद प्रतिष्ठानले कोरोना महामारीको दोस्रो लहरका कारण गरिएको लकडाउनका कारण समस्यामा पर्नेलाई सहयोग गरेको छ । प्रतिष्ठानले खाद्यान्न अभावमा परेका काठमाडौँ उपत्यका भित्रका खेल व्यक्तित्वलाई शनिवार खेल प्रशिक्षण स्थलहरू र खेलाडीहरूको घर घरमा पुगेर खाद्यान्न वितरण गरेको हो ।
यस कार्यले हाल समस्यामा परेका खेलाडीलाई केही हदसम्म भए पनि जीवन यापन सहज हुने आशा गरेको प्रतिष्ठानमा आबद्ध कराँते प्रशिक्षक रबी शाहीले बताए ।