डाईनामिक तेक्वान्दो समाजसेवामा

डाईनामिक तेक्वान्दो डोजाङकी प्रमुख तथा राष्ट्रिय रेफ्रि जानकी तामाङका साथै  प्राइम तेक्वान्दो स्कुलका प्रमुख राजु लामाको विशेष पहलमा समाजमा दुख र अप्ठेरोमा परेकालाई सहयोगको क्रम जारी रहेको छ । बोधिसत्त्व विहारको सहयोगमा कोभिड महामारीका अप्ठेरोमा परेका पुरानो गुह्येश्वरी  धेरैलाई सहयोग गरिएको जानकीले जानकारी दिइन् ।
सो क्षेत्रमा रहेका अपाङ्ग तथा विपन्न वर्गका ४६ घर परिवारलाई चामल १ बोरा, दाल ५ के जी, गेडागुडी ५ के जी, नुन १ के जी, मसला ५०० ग्राम र तेल २ लिटरका दरले प्रदान गरिएको हो ।
साथै उनीहरूकै सक्रियता र सहयोगमा बालाजु माछा  पोखरी र टोखा क्षेत्रमा सडक बालबालिका तथा गरिबलाई खाना पनि निरन्तर खुवाउने गरिएको छ । १ जुन देखि यो कार्यक्रम निरन्तर हुँदै आएको हो ।
Comment