नेकोस सुदूर पश्चिमको सक्रियता

नेपाल खेलकुद महासङ्घको कोभिड नो भिड भन्ने मूल नाराका साथ राष्ट्रिय अभियान जारी रहेको छ । यसै अभियान अन्तर्गत नेपाल खेलकुद महासङ्घ सुदूर पश्चिम प्रदेशको आयोजनामा धनगढी वडा प्रहरी कार्यालयका सुरक्षाकर्मीलाई स्यानिटाइजर, मास्क र पिउने पानी हस्तान्तरण गरिएको छ ।
 प्रदेश संयोजक प्रकाश चन्दले दिएको जानकारी अनुसार सो  कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विष्णु चन्द र  केन्द्रीय सचिवालय सदस्य सत्यराज स्नेहीको उपस्थिति थियो । वडा प्रहरी कार्यालयका प्रमुख हेमराज भट्ट ज्यु ले महासङ्घ प्रदेश कमिटीलाई धन्यवाद दिए ।
Comment