विश्वकप हाप्किडोमा नेपालको चासो

रुसको सेन्टपिटरबर्गमा आयोजना हुने विश्वकप हाप्किडोको लागि नेपाली टोलीको तयारी चली रहेको छ ।  नेपालमा रहेका खेलाडीहरूले अहिले घरमै बसेर सेल्फ प्रशिक्षण गरी रहेका छन् ।
नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनका अध्यक्ष काली बहादुर घर्ती मगरले अहिलेको भन्दा अलि सामान्य अवस्था भए पछि सुरक्षित तवरले खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा राख्ने जनाएका छन् ।
खेल अक्टोबर २१ देखि २४ का बिचमा हुने छ ।
Comment