निकेनलाई उपाधि

    नेपाल बुद्धिचाल सङ्घका पूर्व कोषाध्यक्ष स्व.कृष्णप्रसाद श्रेष्ठको स्मृतिमा सञ्चालन भएको राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि  चेस म्यान उपनामका भक्तपुरे युवा निकेन कुसथाले आफ्नो नाममा पार्न सफल भएका छन्। ११ चरण सम्मको खलमा ९ जीत र एकमा बराबर खेली ९.५ अङ्कको स्पष्ट अग्रता बनाउन सफल रहे। नेपालका १५१ जना शीर्षस्थ खेलाडीहरूले सहभागिता जनाएको अनलाइन प्रतियोगितामा बुद्धिचाल एपका सञ्चालक सुशील चौधरीले ९ अङ्कको एकल दोस्रो स्थान कब्जा गर्न निकै सङ्घर्ष गर्नु परेको थियो। ८.५ अं कमा क्षितिज भण्डारी तेस्रो  र बद्रीलाल नेपाली  चौथो बन्न सफल बनेका छन्। जम्मा ५ जना खेलाडी राजन सुवेदी,केशव श्रेष्ठ,युवराज पौडेल, अर्जुन घिमिरे सुमन सुवालले ८ अङ्क हासिल गर्दै क्रमश:नवौं स्थान सम्म रहन सके। चमन गह मगरले ७.५  अङ्क सहित दसौँ भएका छन्। समान अं कमा पुरुषोत्तम सिलवाल, सुदीप, सुमित पन्त, मिसन दाहाल र सुरज गुरुङले एघारौँ देखि पन्ध्रौँ स्थानमा रहन सफल बने।
      ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको सोह्रौँ देखि बिसौँ स्थानमा धन बहादुर वोगटि, यम कुमार कार्की, कृष्ण थापा, आशिष् फूयाल र दीर्घ राज जोशीले समेत नगद पुरस्कार हात पार्न सफल भएका छन्।  महिला तर्फ ६.५ अं कका साथ पहिला हुँदै वर्तमान नेपाल च्याम्पियन सुजना लोहनीले पनि आफ्नो उत्कृष्ट उपस्थिति जनाएका छन् भने रीया श्रेष्ठ द्वितीय र इन्दिरा वस्ति तेस्रो बने।
   प्रतियोगिताको उत्कृष्ट ३१ जना खेलाडीहरूलाई आठ हजार पाँच सय पुरस्कार प्रायोजन गरेका बुद्धिचाल सङ्घका नि वर्तमान अध्यक्ष राजेश हरी जोशीकै कार्यकालमा कोषाध्यक्षको भूमिका निर्वाह गरेका स्वर्गीय श्रेष्ठको सम्झनामा चलेको खेलमा अन्डर १८०० अन्तर्गत मुथगानी, दिल्ली, प्रदीप साहु र १६५० मुनिमा मन्त आचार्य, रुशन, सिड भण्डारी क्रमशः पहिला दोस्रो तेस्रो बन्न सफल भएका छन्। त्यस्तै भेट्रान तर्फ हेराकाजि महर्जन, लव कुमार श्रेष्ठ, सिंदेश्वर दास क्रमशः पहिला दोस्रो तेस्रो हुन सफल भएका छन्।
Comment