प्रशिक्षणको चौथो दिन सम्पन्न

रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासङ्घको साताव्यापी प्रशिक्षण अभियान चौथो दिन सम्पन्न भएको छ। महासङ्घको खेलकुद र खेल नीति ,पार्टी  र राजनीति विषयमा सात दिन सम्म चल्ने जुम प्रविधि मार्फत सञ्चालन भइरहेको सो प्रशिक्षणमा विभिन्न राजनीतिक र खेलकुदका विषयहरूलाई समेटिएको छ ।
एक साथ खेलकुद र खेल नीति, पार्टी र कोभिड नो भिड तथा  सङ्घीय ,प्रदेश र स्थानीय तहमा बजेट व्यवस्थापनका अवधारणा निर्माण अभियानलाई एक साथ सञ्चालन गरिरहेको महासङ्घले सिद्धान्त ,गतिविधि ,नीति र राजनीतिका गहन विषयमा केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई परिचालित हुनका लागि आग्रह  गरेको छ।
२८ औ मदन (आश्रित दिवसको अवसरमा ज्येष्ठ ३ गते बाट सुरु भएको उक्त प्रशिक्षणमा पहिलो दिन नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्य तामा  प्रशिक्षण उद्घाटन भएको थियो । सोही दिन नेकपा एमाले सुदूर पश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले पनि सम्बोधन गरेका थिए।
उक्त प्रशिक्षणको दोस्रो दिनमा महासङ्घका प्रथम उपाध्यक्ष गोविन्द भट्टराईले खेलकुद  राष्ट्रिय अन्तर्राष्ट्रिय  सङ्घ सङ्गठनका बारेमा प्रस्तुतीकरण दिएका थिए भने महासचिव मेघराज पौडेलले नेकोसको परिचय र उद्देश्यका बारेमा प्रस्ट पारेका थिए।
त्यस्तै प्रशिक्षणको तेस्रो दिन नेकपा एमालेका केन्द्रीय स्कुल विभागका सचिव ईश्वरी रिजालले मार्क्सवादको परिचय र विशेषताका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।  डा. प्रकाश प्रधानले आधुनिक समाजका लागि खेल विज्ञान भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए।
साताव्यापी सो प्रशिक्षणको चौथो दिनमा रिजालले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तका बारेमा विस्तृत प्रशिक्षण प्रदान गरेका थिए भने गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले समाज रूपान्तरणका लागि खेलकुद विषयमा प्रस्तुतीकरण दिएका थिए।
प्रशिक्षणको च्याम्पियन भइसकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको अनुभव स्
नेपाल खेलकुद महासङ्घले सञ्चालन गरिरहेको प्रशिक्षणमा राजनीतिक र अन्य विषय सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको अनुभवहरूको बारेमा पनि प्रस्तुतीकरण गर्ने गरेका छन्।
आफ्नो सङ्घर्ष ,उपलब्धि र अनुभवका बारेमा हाल सम्म सो तालिममा चर्चित  फुटबल खेलाडी हरि खड्का ,साफमा स्वर्ण   पदक विजेता  अनु अधिकारी , महिला भलिबल खेलकी राष्ट्रिय कप्तान अरुणा शाही  लगायतले  प्रस्तुति दिएका थिए।
खेलकुद र खेल नीति,पार्टी र राजनीति भन्ने उद्देश्यलाई सफल बनाउनका लागि धेरै भन्दा धेरै अनुभवी खेलाडी तथा खेलकर्मीहरूलाई महासङ्घको अभियानमा सामेल गराउन प्रशिक्षणमा सो खण्ड राखिएको महासङ्घले बताएको छ।
Comment