खेलकुद महासङ्घको अभियान जारी

नेपाल खेलकुद महासङ्घले गत २४  वैशाखबाट  “नेकोसको आव्हान, कोभिड–नो भिड”भन्ने मूल नाराका साथ देशव्यापी रूपमा  विशेष राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत महासङ्घले अग्र पङ्क्तिमा रहेर आफ्नो जिम्मेवारी पुरा गरिरहेका प्रहरी प्रशासन, ट्राफिक प्रहरी तथा खेलाडीहरूलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गर्दै आइरहेको छ । सात वटै प्रदेशमा एकैसाथ सुरु गरिएको अभियान ७७ वटै जिल्लामा चलिरहेको छ ।
यस क्रममा शनिवार महासङ्घले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौंलाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महासङ्घका अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले भौतिक दुरी कायम गर्दै महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईलाई सो सामाग्री हस्तान्तरण गरेको हो । राष्ट्रिय अभियानका संयोजक समेत रहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, प्रथम उपाध्यक्ष गोविन्द भट्टराई, महासचिव मेघराज पौडेल र उपमहासचिव शान्तामाया परियार तथा रामकृष्ण खड्काको समेत उपस्थितिमा मास्क, सेनिटाईजर, ग्लोभस, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
Comment