काठमाडौँ र धनगढी उपाधि भिडन्तमा

काठमाडौँ रेजर्स खुकुरी एनएसएलको फाइनलमा प्रवेश गरेको छ । काठमाडौँले दोस्रो क्वालीफायरमा ललितपुर सिटी एफसीलाइए ३–० ले हरायो । काठमाडौँका लागि मेसुओके ओलमाउले दुई तथा स्टेफन बिनोङले एक गोल गरे ।
१५ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका ओलामाउले २२ औ मिनेटमा अर्को गोल गरे । उनी नै खेलका सुपर प्लेयर अफ द म्याच भए । ६० औ मिनेटमा स्टेफनले गोल गरे खेलमा आशिष गुरुङ खेलका इमर्जिङ प्लेयर घोषित भए ।
काठमाडौँले धनगढी एफसीसंग शनिवार पहिलो फाइनल खेल खेल्ने छ ।
Comment