आबुँखैरनीमा ब्याडमिन्टन हुने

badminton2
तनहुँ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम खुला ब्याडमिन्टन प्रतियोगिता फागुन २५ गतेदेखि तनहुँको आँबुखैरनीमा हुने भएको छ ।
प्रतियोगितामा पुरुष डबल्समा मात्र प्रतिस्पर्धा हुने संयोजक भगवान श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । शीर्ष १६ वरीयताका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
विजेताले ३० हजार, उपविजेताले २० हजार तथा तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख १ हजार खर्च हुने अनुमान गरिएको छ ।

Comment