काठमाडौँ र ललितपुरको जित

काठमाडौँ रेजर्स खुकुरी एनएसलएलको अङ्क तालीकामा दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा काठमाडौँले विराटनगर सिटी एफसीलाई ५–४ ले पराजित  गरेको हो ।
काठमाडौँलाई जित दिलाउने क्रममा मेसुके ओलाउमुले ह्याट्रिक गरे । छैटौँ मिनेटमा अडेलीजा ओलाउन उज्नी तथा ३३ औ मिनेटमा पेड्रो मान्जीको गोलमा विराटनगरले दुई गोलको अग्रता लिएको थियो ।
ओलाउम्नीले ३५ औ, ३६ औ र ६ड औ मिनेटमा गोल गरे । यसै गरी स्टेफन समीरले ४१ तथा छिरिङ गुरुङले ८२ औ मिनेटमा गोल गरे । विराटनगरका रञ्जित धिमालले ७९ औ मिनेटमा गोल गरे भने मान्जीले इन्जुरी समयको चौथो मिनेटमा थप गोल गरे ।
मेसुेके सो खेलका सुपर प्लेयर अफ द म्याच भए । काठमाडौँकै विश्वास श्रेष्ठ इमर्जिङ प्लेयर भए ।
ललितपुर सिटी एफसीले लुम्बिनी बुटवल एफसीलाई १–० ले हरायो । ललितपुरका नुर्लान नोभ्रोजोभले आठौँ मिनेटमा गोल गरे विजयी टोलीका अञ्जन विष्ट सुपर प्लेयर अफ द म्याच भए । सोही टोलीका मिक्चेन तामाङ इमर्जिङ प्लेयर भए ।
Comment