खेलकुद महासङ्घको ध्यानाकर्षण


कोभिड–१९ महामारीले तीव्र रूप लिए पछि रोम पौडेल नेतृत्वको नेपाल खेलकुद महासङ्घले युवा तथा खेलकुद मन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गर्दै सरकारी खेल परिसर महामारीबाट प्रभावितका लागि उपयोग गर्ने ध्यानाकर्षण गराएको छ ।
महासङ्घले  राष्ट्रिय खेलकुद परिषद्ले भोग चलन गरिरहेका रङ्गशाला, तालिम केन्द्र, होस्टेल, कभर्ड हल जस्ता देश भरी रहेका भौतिक संरचनालाई सदुपयोग गर्दै यस सङ्कटको क्षणमा जनतालाई केही मात्रामा भए पनि राहत पु¥याउन हामी मन्त्रीको ध्यानाकर्षण गराएको हो ।
महासङ्घले महासङ्घका महासचिव मेघराज पौडेलबाट जारी विज्ञप्तिमा त्रिपुरेश्वर स्थित राखेपको नयाँ प्रशासनिक भवनलाई क्वारेन्टाईनको रूपमा तुरुन्तै सञ्चालन गर्न र त्रिपुरेश्वर खेल परिसर स्थित कभर्डहल र प्याराफिट मुनिका स–साना ट्रेनिङ हलहरूलाई आइसोलेसन सेन्टरको रूपमा विकास गर्ने उल्लेख गरिएका छन् ।
साथै पोखरा, हेटौँडा, दाङ, नेपालगन्ज, लगायतका स्थानमा रहेका कभर्डहल र ट्रेनिङ सेन्टरलाई आवश्यकता अनुसार प्रयोग गर्ने, नेपालका अन्य क्षेत्रमा रहेका ब्याडमिन्टन, भलिबल, टेबल टेनिस र जुडो लगायतका खेल सञ्चालन हुने साना ईन्डोर हललाई समेत प्रयोग गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
मृतक खेलाडी तथा खेलकर्मीहरूको परिवारजनमा राहत सहयोगका लागि विशेष प्याकेज घोषणा गर्न, अन्य पीडितहरूलाई तत्काल आवश्यक उपचार तथा पुनर्स्थापना गर्ने कुरामा राखेप मार्फत तुरुन्त पहलकदमी लिन पनि माग गरिएको छ ।
राखेपमा कार्यरत स्वयंसेवक,प्रशिक्षक, प्रशासनिक कर्मचारी, पदाधिकारीका साथै विभिन्न खेलका राष्ट्रिय सङ्घ सम्बद्ध पदाधिकारीहरू समेतलाई सङ्कट समाधानका लागि परिचालन गर्न आग्रह गरिएको छ ।

Comment