दर्शनको उत्कृष्ट गोलमा धनगढीको जित

दर्शन गुरुङको उत्कृष्ट गोल सहित पोखरा थन्डर्सलाई १–० ले हराउँदै धनगढीले खुकुरी एनएसएलमा अग्रतालाई अझ बलियो बनाएको छ ।
खेलमा अधिक समय हाबी भएको पोखराको विरुद्धमा दर्शनले ६८ औ मिनेटमा लामो दुरीबाट उत्कृष्ट गोल गरेका हुन् ।
३७ औ मिनेटमा ओलावाले हफीज घाइते भए पछि वैकल्पिक खेलाडीको रूपमा दर्शन मैदान प्रवेश गरेका हुन् । पोखराका अनेकन् आक्रमणलाई विफल तुल्याएका धनगढीका गोलरक्षक किरण चेम्जोंग सुपर प्लेयर अफ द म्याच भए । यसै गरी धनगढीका अशोक खवास इमर्जिङ प्लेयर घोषित भए ।
पाँच  खेलमा  धनगढी १० अङ्क सहित शीर्ष स्थानमा रहेको छ । धनगढी शीर्ष दुईमा रहँदै प्ले अफ खेल्ने सम्भावना प्रबल बनेको छ ।
Comment