नेपालले पहिलो अन्तर्राष्ट्रिय रग्वी खेल्दै

rugby2    भारतको चेन्नईमा हुने ओलम्पिक प्रि–क्वालिफाइङबाट नेपालले औपचारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय रग्वी प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
त्यसका लागि मार्च ७ र ८ तारिखमा हुने प्रतियोगितामा सहभागी हुने १२ खेलाडी, २ प्रशिक्षक तथा १–१ व्यवस्थापक र मेडिकल गरी १६ सदस्यीय नेपाली टोली सोमबार चेन्नई प्रस्थान ग¥यो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य मनबहादुर न्यौपाने र नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङले बिदाइ गरे ।
सो अबसरमा अध्यक्ष घिसिंगले नेपाली खेलाडी सेभेन ए साइडका लागि उपयुक्त भएको अन्तराष्ट्रिय प्रशिक्षकले समेत बताएका कारण राम्रो प्रदर्शनको आशा रहेको बताए । नेपाली राष्ट्रय रग्वी टोलीमा २०सदस्य रहे पनि अहिले १२ खेलाडी चेन्नाइ प्रस्थान गर्न लागेका हुन् ।
खेलाडीहरुमा नवीन घिमिरे (कप्तान), रविन भुजेल (उप–कप्तान), कृष्ण क्षेत्री, कृष्णप्रसाद धमला, श्रीराम श्रेष्ठ, थमन भुसाल, विराट ऐडी, सन्जित ढुङ्गाना, उज्जल बडाल, निर्मल लामा, आभाष घर्ती मगर तथा विराट श्रेष्ठ रहेका छन् ।
प्रशिक्षकमा गोविन्द घिमिरे र हरिबहादुर तामाङ, व्यवस्थापकमा टंकराज गिरी तथा मेडिकलमा एरिक डेनिएल सैहाज्ञ छन् । नेपालले भारत ‘ए’, बंगलादेश र साहिनसंग प्रतिस्पर्धा गर्नेछ ।

Comment